LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

खोसियो हरिनारायण महतो को मेयर टिकट,राजाराम लाई उमेदवारको घोषणा ।

टुडेवाणी,डेस्क, बैशाख १२ गते,ढल्केवर।
धनुषा जिल्लाको मिथिला नगरपालिकामा नेकपा एमाले उम्मेदवार आइतबार मध्यरातमा परिवर्तित गरेको छ । मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोको सट्टामा पूर्व व्यावसायी राजाराम महतोलाई उम्मेदवार घोषणा गरेको छ ।

नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष समेत रहिसकेका हरिनारायण महतोले टिकट वितरणमा रातारात खेल भएको र सोमबार बिहानमात्र आफूलाई टिकट नदिएर राजारामलाई दिइएको जानकारी पाएको बताए ।

राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि नेकपा एमालेमा प्रवेश गराएका थिए ।

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको मिथिला नगर कार्यसमितिले निवर्तमान मेयर हरिनारायणको एकल नाम सिफारिस गरेको थियो ।

मिथिला नगरपालिकाका मेयर उम्मेदवार परिवर्तनसम्बन्धी निर्णय एमालेका नेता रघुवीर महासेठको करबलमा भएको कार्यकर्ताहरुको भनाइ छ ।

यता हरिनारायण महतोले पार्टीको अकल्पनीय र स्तब्धकारी निर्णयबारे जानकारी प्राप्त भएपछि आफूहरू आकस्मिक बैठक गरिरहेको जानकारी दिए । उनले नेताकार्यकर्ता, आफ्ना समर्थक तथा शुभेच्छुकहरूका मनोभावअनुसार सबै वडामा उम्मेदवारी दिँदै स्वतन्त्रबाट मिथिला नगरपालिकामा मेयरमा लड्ने बताए ।

मेयर प्रत्याशीका रूपमा एमालेबाट आधिकारिक पत्र प्राप्त गरिसकेको जनाउँदै राजारामले आफू टिकट लिएर आइरहेको र समयभित्रमै नामांकन गराउने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर