LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी : सप्तरीमा बिहीबार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

राजविराज नगरपालिका(१४ पर्साही घर भइ हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसोबास गर्दै आएका इनरदेव मण्डलका १९ वर्षीय छोरा शत्रुधन मण्डललाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लग्ने क्रममा बाटो मृत्यु भएको हो।

छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलको छोरीको बिहेमा लगाइएको टेन्ट खोल्ने क्रममा करेन्ट लागेको थियो। गाउँकै जिबछ साहको टेन्टमा लेबरको काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त भएपछि उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको आफन्तले जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर