LIVE NEWS
२५ हजारको सामान बरामदपछि फिर्ता, प्रहरी चौकीका इन्चार्जमाथि आर्थिक लेनदेनको आरोपहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवहामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादवराष्ट्रसंघको ८१औं महासभा सुरु : विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डाभदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको मागकाठमाडौंमा ग्यासको हाहाकार : निजी उद्योगीले सिलिन्डर नपठाएको मन्त्री यादवको आरोपरसुवा बाढीपछि प्रधानमन्त्री शाहको उच्चस्तरीय सुरक्षा छलफल, राहत कोषमा झन्डै १२ अर्ब मौज्दात

तालिवान सरकारले टिकटक र पब्जीमाथि लगायो प्रतिबन्ध

एजेन्सी : अफगानिस्तानको तालिवान सरकारले भिडियो एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ।

बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले यस्तो प्रतिबन्ध लगाएको हो।

तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्।

‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इन्टरनेट सर्भरबाट एपहरू हटाउन र अफगानिस्तानका सबैका लागि पहुँचयोग्य बनाउन आदेश दिइएको थियो।’

यी दुवै एप अफगानिस्तानमा अत्यधिक प्रयोग हुने एप हुन्। केही युवा तालिवान सदस्यले समेत यसको प्रयोग गरेका थिए।

अफगानिस्तानको जनसंख्याको २३ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर