एजेन्सी : अफगानिस्तानको तालिवान सरकारले भिडियो एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ।
बुधबार बसेको मन्त्रिपरिषदको निर्णयले यस्तो प्रतिबन्ध लगाएको हो।
तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्।
‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इन्टरनेट सर्भरबाट एपहरू हटाउन र अफगानिस्तानका सबैका लागि पहुँचयोग्य बनाउन आदेश दिइएको थियो।’
यी दुवै एप अफगानिस्तानमा अत्यधिक प्रयोग हुने एप हुन्। केही युवा तालिवान सदस्यले समेत यसको प्रयोग गरेका थिए।
अफगानिस्तानको जनसंख्याको २३ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा छन्।