LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

काठमाडौं : नेपालले चालू आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ।

गत आवको सोही अवधिमा भन्दा यो वर्ष नेपालको आयात ३१.९७ प्रतिशतले बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको थियो।

त्यस्तै यो वर्ष चैतसम्म नेपालको निर्यात पनि ६९.४४ प्रतिशतले बढेको छ। ताजा तथ्यांकअनुसार १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको मात्र निर्यात भएको थियो।

योसँगै नेपालको व्यापारघाटा पनि २८.४७ प्रतिशतले बढेको विभागले जनाएको छ।

नौ महिनामा व्यापारघाटाको आकार १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार मात्र थियो।

यो अवधिमा नेपालको वैदेशिक व्यापार पनि ३४.९१ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालको यस्तो व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रहेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजारको रहेको थियो।

भन्सार विभागका अनुसार ९ महिनाको आयातनिर्यात अनुपात ९.१३ प्रतिशत रहेको छ। त्यस्तै कुल व्यापारमा निर्यातको हिस्सा ९.८७ प्रतिशत र आयातको हिस्सा ९०.१३ प्रतिशत रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर