LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

एकै वर्षमा व्यापारघाटा ३ खर्बले बढ्यो

काठमाडौं : नेपालले चालू आर्थिक वर्षको नौ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ।

गत आवको सोही अवधिमा भन्दा यो वर्ष नेपालको आयात ३१.९७ प्रतिशतले बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको थियो।

त्यस्तै यो वर्ष चैतसम्म नेपालको निर्यात पनि ६९.४४ प्रतिशतले बढेको छ। ताजा तथ्यांकअनुसार १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा नेपालले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँको मात्र निर्यात भएको थियो।

योसँगै नेपालको व्यापारघाटा पनि २८.४७ प्रतिशतले बढेको विभागले जनाएको छ।

नौ महिनामा व्यापारघाटाको आकार १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार मात्र थियो।

यो अवधिमा नेपालको वैदेशिक व्यापार पनि ३४.९१ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालको यस्तो व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रहेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख ६६ हजारको रहेको थियो।

भन्सार विभागका अनुसार ९ महिनाको आयातनिर्यात अनुपात ९.१३ प्रतिशत रहेको छ। त्यस्तै कुल व्यापारमा निर्यातको हिस्सा ९.८७ प्रतिशत र आयातको हिस्सा ९०.१३ प्रतिशत रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर