LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

दुई वर्षीय छोरीलाई खोलामा बगाएर फरार रानी देवी प्रक्राउ, २० वर्ष कैद

सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका.७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीको २०७५ फागुन १५ गतेको फैसलाले २० वर्ष कैद ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले राजगढ गाउँपालिका-५ मलेखपुर गाउँबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

रानी देवीले आफ्नी २ वर्षीया छोरी प्रमिला मण्डललाई २०७३ साउन १२ गते दिउँसो हत्या गरी हनुमानगर राजबिराज सडकको खाडो खोलामा आएको बाढीमा फालेर बेपत्ता पारेको मुद्दामा दोषी ठहर गरी अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय राजबिराज पठाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर