LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नेकपाको ७४ औं स्थापना दिवस आज

जनकपुरधाम  । नेपालका कम्युनिष्ट घटकहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन्। दिवसका अवसरमा नेकपा एमाले, माओवादी केन्द्रसहितका कम्युनिष्ट पार्टीहरुले आज विभिन्न कार्यक्रम गर्दैछन्।

जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए।

भारतको कलकत्तामा भएको सो कार्यक्रमबाट पुष्पलाल पार्टीको महासचिव बनेका थिए।

एमालेले आज कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्दैछ। तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज पार्टी स्थानान्तरण कार्यक्रम गर्न लागेको एमालेले सोही कार्यक्रममा कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्न लागेको हो।

त्यसैगरी माओवादी केन्द्रले पनि आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गर्दैछ। पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिने माओवादी केन्द्रले जनाएको छ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहुति नेतृत्वको वैज्ञानिक समाजावादी पार्टीसहितका कम्युनिष्ट घटकहरुले पनि आज विभिन्न कार्यक्रम गर्दैछन्।

प्रतिक्रिया
सम्बन्धित खवर