LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मधेसका ५० प्रतिशत बढी मतदान स्थल अति संवेदनशील

जनकपुर । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

मधेसका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको हो ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए ।

विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेको उनले बताए ।

यस्तै मधेसका ८२८ मतदान स्थललाई संवेदनशील र २१२ मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १६३ मतदान स्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सिमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ ।

प्रदेशका आठ वटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर