LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

ढुंगा गिट्टी निकासीमा तत्काल रोक लगाउन सर्वोच्चको आदेश

काठमाडौं : ढुंगा–गिट्टी निकासीमा तत्काल रोक लगाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

बुधबार बसेको संवैधानिक इजलासले सरकारका नाममा परमादेश जारी गर्दै प्राकृतिक श्रोतको दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नु नगराउनु, वातावरणीय संरक्षणको प्रभावकारी व्यवस्था मिलाउनु भनि परमादेश जारी गरेको हो।

प्राकृतिक श्रोत साधनको प्रयोगका लागि नीतिगत पुनरावलोकन गर्नु तथा वातावरण संरक्षणको सन्दर्भमा प्रभावकारी संयन्त्र निर्माण गर्न पनि परमादेशमा भनिएको छ।

बजेट पेश गर्ने सम्बन्धमा संविधानको प्रावधान तथा अदालतका पूर्व आदेशहरू समेतको पालना गर्ने गराउने तर्फ पनि अदालतले ध्यानाकर्षण गराएको छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश दिएको हो।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यमा गिट्टी, बालुवा र ढुंगा निकासी गर्ने कार्यक्रम ल्याएका थिए।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको दफा १९९ सम्बन्धमा पुरक बजेटबाट सो प्रावधानले निरन्तरता नपाएको र निष्क्रिय भइसकेकाले त्यसलाई बदर गर्न उत्प्रेषण आदेश जारी गर्न नपर्ने फैसला गरेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर