LIVE NEWS
पालिका स्तारिय बाल भेला कार्यक्रम सम्पन्नअब देखि सवारी चालक अनुमतिपत्रको म्याद १० वर्षमाइती नेपाल धनुषाको प्रभावकारी कार्यसम्पादन: एक वर्षमा सयौंलाई उद्धार, संरक्षण र पुनर्मिलनरा.रा.ब. क्याम्पसमा अनेरास्ववियुद्वारा सरसफाई तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्नइन्सेक मधेस प्रदेशद्वारा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको तथ्याङ्क सार्वजनिकसुनको मूल्य अहिले सम्मकै सबैभन्दा बढीएकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा

दलित समुदायलाई सचेत गर्न लहान २४ मा सचेतता कार्यक्रम सम्पन्न

महेश सिंह, सिरहा । चुनाव लाई लक्षित गरेर दलित संघर्ष समितिद्वारा लहान नगरपालिका वाडा नम्बर २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्।निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित संघर्ष समिति लहानले एक बृहत कार्यक्रमको आयोजना गरी सम्पुर्ण दलितहरुलाई एक जुट हुन् उक्त कार्यक्रमको आयोजना गरेका थिए।

विभिन्न राजनिती दलका ब्यक्तीहरुले गरिब दलितहरुलाई भोट् बैंकको रूपमा चिनिने गरेका छन्।निर्वाचनको समय नजिकिदै जादा दलित समुदायमा मासु दारुररक्सी र पैसा बाडेर विभिन्न प्रलोभनमा पार्दै आफनो राजनिती स्वार्थ पुरा गर्न नेताहरुले दलित समुदाय केन्द्रित भएका छन्।अब दलित समुदाय मासु र दारुलाई बहिष्कार गर्ने छन् बाडन आउने राजनिती दललाई खबरदारी समेत गरीएका दलित अगुवा राम गणेश दासले बताए।

राजनीति दलका प्रतिनिधिहरुले दलित समुदाय लाई हेपेर गुलामीको कर्ण बनाएको छ्।हरेक राजनिती पार्टीका नारा जुलुसहरुमा दलित समुदायलाई प्रयोग गर्ने गरिन्छ। राजनिती निकटता ल्याउन दलहरुले दलित बस्तीलाई राजनिती अखडा बनाउने गरीएका छन्।आउने निर्वाचनमा दलित समुदाय प्रलोभनमा नपर्ने उनले जोड दिएका थिए।

तराई मधेसमा चुनावी शरगर्मी छाएको छ। राजनीति दलका नेताहरुले गाउँ केन्द्रित भएका छन्।दलित बस्तीहरुमा नेताहरुले दिन चरिया बिताउने गरीन्छ।संयुक्त दलित संघर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासमानका अनुसार नेताहरु चुनावमा छुवाछूतको कुरा गर्दैन।

दलितकै भोट् लिएर चुनाव जितेर गए पछि केहि दिन मै नेताहरुको मनोबल फेरीन्छ।आफनो चुनावी एजेन्डाहरु बिर्सिन्छ, छुवाछूत सुरुवात हुने गरेको छ्। कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,दलित अगुवा राम गणेश दास,रमेन मंण्डल,भोगेन्द्र पासमान,महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा,लगन लाल पासमान,राम बिहारी दास,सत्यनारायण साफी , चन्दो देवी पासवान,सरिता सदाय,लक्ष्मण सदाय लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। खबरदारीको लागी लहान नगरपालिकाको २४ वाटा वाडामा सचेतता कार्यक्रम गर्ने निर्णय गरेका छन।

अब दलित समुदाय शिक्षित तिर उकासिएको छ्। बोल बला र आफुलाई जिमिदार र ठुलो नेता भनाउनेकोहरुलाई दलित समुदायले लहानमा बहिष्कार गर्ने बताए। आउने निर्वाचनमा सम्पुर्ण दलित एक जुट हुन् दलित संघर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगेन्द्र पासमानले जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर