LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

सर्लाही । सर्लाहीको मलंगवाको दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कबिलासी नगरपालिका वडा न–५ निवासी ६८ वर्षीय अच्छेलाल राय यादव र कबिलासी नपा कै वडा न–९ निवासी ५८ वर्षिय शंकर राय रहेकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीका अनुसार शनिबार साँझ सवा ५ बजे मलंगवा नपा वडा न–१० जिविस चौक स्थित सोही ठाउँ बस्ने राममोहन पंडितको छोरा १४ वर्षीय जित कुमार पंडितले चलाएको साईकलको ठक्करबाट घाइते भएको बाटो क्रस गर्दै गरेको पैदल यात्री अच्छेलाललाई राय यादवको मलंगवा स्थित जय श्री ओम हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

पैदल यात्री अच्छेलाललाई ठक्कर दिने साइकल र साईकल चालक पंडितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी बुढाथोकीले जनाएको छ ।

त्यसैगरी आइतवार साँझ सवा १२ बजे मलंगवा नपा वडा न–१२ गम्हरिया स्थित नवलपुर–मलंगवा भित्री सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको द्यच् ण्ट एँ ज्ञण्ठद्ध नम्बरको मिनी बसले विपरीत दिशातर्फ बाट आउँदै गरेको साइकल यात्री कबिलासी नपा वडा न–९ बस्ने ५८ वर्षिय शंकर रायलाई ठक्कर दिएको छ।ठक्करबाट गम्भीर घाइते भएको शंकरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं डिएसपी बुढाथोकीले जानकारी दिए।

दुर्घटना पश्चात् बसका चालक फरार भएको छ भने बस जिप्रका मलंगवाको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर