टुडे वाणी,डेस्क,बैशाख ४ काठमाडौँ : नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र ९राइम्स० द्वारा जारी पूर्वचेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा ५, ६ र ७ वैशाखमा (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रीभन्दा माथिको तापक्रमलाई ९हिट वेब० अर्थात् ‘लू’ भन्ने गरिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।
जलवायु तथा विपद् विज्ञ डा। धर्मराज उप्रेतीले ५ वैशाखदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताए । उनका अनुसार ४० डिग्री वा सोभन्दा माथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ ।
उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकले सचेत रहन आवश्यक रहेको बताए । जलवायु विज्ञ डा। उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने प्रचुर सम्भावना रहेको बताए ।
नेपालमा पहिला नै हिट वेबको सम्भावना देखिएको अवस्था छ । हिट वेब शुरु भइसकेको अवस्था छ । यो तराईको जिल्लामा अझै बढी सक्रिय हुने सम्भावना छ ।
खास गरेर लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भोलिदेखि नै वैशाखको ५ गतेदेखि ७ गतेसम्म देखिने सम्भावना छ,’ उनले भने ।
उनका अनुसार नेपालमा शनिबारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेसनको संख्या २७ पुगेको छ ।
जलवायु विज्ञ डा। उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए ।
उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए । उनले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि नेपालको पश्चिमी भागमा अत्यधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताए ।
जलवायुविज्ञ डा। उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १।१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १।८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताए ।
उनले यो असर जलवायु परिवर्तनका कारण भएको बताए । जलवायुविज्ञ डा। उप्रेतीले अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव दिए ।
उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्यधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिलालगायतका मानिसमा बढी असर गर्ने बताए ।
अत्यधिक गर्मीका कारण मान्छे बेहोस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताए ।
लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ ।
त्यस्तै, धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उनले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिए ।
यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलिलो पदार्थ खाने, प्रोटिन भएको खाना नखाने, कटन र पातलो लुगा लगाउन उनको सुझाव छ ।