LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू दोस्रो चरणको आन्दोलनमा

 

जनकपुरधाम  :  जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू उपमहानगरको कार्यालयअगाडि पुनः दोस्रो चरणको धर्ना सुरु गरेका छन् ।

उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरे पनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेपछि उनीहरू पुनः दोस्रो चरणको धर्नामा बसेका हुन् ।

सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू बिहान १० बजेदेखि ४ बजेसम्म धर्ना दिएका छन् ।

संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत गत साउन महिनादेखि लागू हुनेगरी बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

सरकारको उक्त निर्णयअनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरिसकेका छन् ।

तर, जनकपुरधाम उपमहानगरपालिकाले भने २०७८/७९ को बजेट भाषणअनुसार तलब निकासाका लागि गत पुस मसान्तसम्ममा समस्या समाधान गर्ने सम्झौतासमेत गरेर तलब निकासा नगरेकोले दोस्रो चरणको आन्दोलन सुरु गरिएको बालविकास शिक्षक तथा विद्यालय कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक रामहृदय यादवले बताए ।

उनले तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनबाहेक अर्को कुनै विकल्प नरहेको बताए ।
बालविकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरूको माग रहेको उनले बताइन् ।

यादवले लेखापालको मासिक तलब १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने मागसमेत गरिन् । उनले आफूहरूको माग पूरा नगरिए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनीसमेत दिएकी छन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा १४९ जना बालविकासका शिक्षकहरू कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर