LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

प्रदेश २ को नामाकरण मधेश प्रदेश राख्न बार्ता टोली गठन

टुडेवाणी,

जनकपुरधाम  । प्रदेश २ को नामा मधेश प्रदेश राख्न प्रदेश भित्र विभिन्न राजनितिक दलसंग सहमति जुटाउन टोली गठन गरिएको छ ।

प्रदेश सरकारले प्रदेश २ को नामा मधेश प्रदेश राख्न प्रदेश भित्र विभिन्न राजनितिक दलसंग सहमति जुटाउन टोली गठन गरेका हुन् ।

प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको सो टोलिले मंगलवार बिहान दुई राजनितिक पार्टीका संसदीय दलका नेतासंग भेटेर प्रदेश २ को नामाकरण मधेश प्रदेश राख्नका लागि आग्रह गरेका छन्।

नेकपा एकिकृत समाजवादी समेत मधेस प्रदेशमा सहमत छ । अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहको टोलीमा मुख्य जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य मनिषकुमार सुमन , विशेश्वरप्रसाद यादव, सुरेश मण्डल र शैलेन्द्र यादब हुन् ।

अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गर्ने बुझिएको छ । तर प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । तर नेपाली काँग्रेस र नेकपा एमालेले मधेस प्रदेश नाम स्वीकार्न तयार छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर