जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।
महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।
राष्ट्रपति जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन् । उनले प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।