LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जथाभावि कर्जा प्रवाह नगर्न गभर्नर अधिकारीको बैंकरहरुलाई आग्रह

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई कर्जा प्रवाहमा संयमित हुन आग्रह गर्नुभएको छ । बाणिज्य बैंकहरुका सिइओहरुको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीहरुसँगको भेटमा गभर्नर अधिकारीले उक्त आग्रह गर्नुभएको हो । उहाँले कर्जा प्रवाह अत्याधिक भएको, जथाभावि भएको हुँदा यसमा संयमता अपनाउन आग्रह गर्नुभयो । निक्षेप संकलन र कर्जा प्रवाहबीच तालमेल मिल्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सो अबसरमा नेपाल बैंकर्स संघले गभर्नर महाप्रसाद अधिकारीलाई आधादर्जन माग अघि सारेका छन् । बैंकरहरुले मौद्रिक नीीतको समिक्षामार्फत विभिन्न बुँदालाई सम्बोधा गर्न आग्रह गरे । मुख्यगरी हाल पैदा भएको तरलताको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंकर्स संघको आग्रह छ । बैंकर्स संघको टोलीले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत तरलता समाधान गर्न गभर्नर समक्ष राष्ट्र बैंकलाई आग्रह गरेको हो । संघको टोलीले गभर्नर महाप्रसाद अधिकरी समक्ष तरलताको चापलाई मध्यनजर गर्दै सीडी रेसियो खुकुलो गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरू पुनरवलोकन गर्नुपर्ने, पुनर्कर्जाको ब्याजदर अन्तर कम भएको भन्दै त्यसमा पुनरवलोकन गर्नुपर्ने माग गरेका छन् । त्यसैगरी बैंकरहरुको ब्याजदर अन्तर, सेवाशुल्क तथा आधार दरका व्यवस्थाहरूमा पनि पुनरवलोकन गर्नुपर्ने, भारतीय बैंकमा रहेको निक्षेपमा ब्याज पाउनेगरी लगानी गर्न सकिने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारीएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर