LIVE NEWS
नेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयो

प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

३० कात्तिक, जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

उसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको छ । त्यसका लागि हालका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिइसकेको प्रदेश सरकार निकट स्रोतको दावी छ ।

‘उनले राजीनामा नदिए हटाएर भएपनि एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिइनेछ’ स्रोतले भन्यो ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार रहेको प्रदेश २ मा यी दुबै पार्टी एकीकरण भएर जसपा बनेको थियो । तर, केपी ओली नेतृत्वको संघीय सरकारमा सहभागी भएको भन्दै उपेन्द्र यादव पक्षले तत्कालिन महन्थ ठाकुर पक्षका मन्त्रीलाई पदमुक्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादव पक्षलाई साथ दिएपछि रामनरेशलाई भने पदमुक्त गरिएको थिएन ।

महन्थ ठाकुर पक्षलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याइएको छ । कांग्रेसले भौतिक पूर्वाधार तथा विकास, महिला, बालबालिका तथा खेलकुद र खानेपानी तथा उर्जा मन्त्रालय लिएको छ । नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

नेकपा एकीकृत समाजवादीलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा फाँटलाई अलग्गै मन्त्रालय बनाउने र सो मन्त्रालयको जिम्मा पनि दिने तयारी छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता शत्रुद्यन महतोले आफूहरुले पाउने मन्त्रालयको टुंगो आजै लाग्ने बताए । ‘प्रदेश सरकारसँग हामी आज छलफल गर्दैछौं, मन्त्रालयको टुंगो आजै लाग्नेछ’ उनले भने । मन्त्रालय टुंगो लाग्नेवित्तिकै आफूहरु सरकारमा सहभागी हुने उनको भनाइ छ ।

पुनः फुटाउँदै मन्त्रालय

सुरुमा ६ मन्त्रालय रहेको प्रदेशमा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्‍याइएको छ ।

यसमध्ये ४ वटा मन्त्रालय जसपाले राखेको छ भने ३ वटा कांग्रेसलाई र १ वटा नेकपा माओवादी केन्द्रलाई दिइएको छ । दुई वटा मन्त्रालय मुख्यमन्त्री राउतले आफैंसँग राखेका छन् ।

मुख्यमन्त्री राउतले कानुन न्याय तथा प्रदेशसभा मन्त्रालय र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय राखेका छन् । मुख्यमन्त्रीसँग रहेका दुईवटा मन्त्रालय एकीकृत समाजवादीलाई दिने मुख्यमन्त्रीको तयारी थियो । तर उनीहरुले यी दुबै मन्त्रालय लिन नमानेको प्रदेश सरकार स्रोतको भनाइ छ ।

ती मन्त्रालय लिन नमानेपछि सामाजिक विकास मन्त्रालय पुनः फुटाएर शिक्षा मन्त्रालय बनाउन लागिएको स्रोतको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर