LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

५० जना एयरहोस्टेसले बीच सडकमा आएर धमाधम कपडा खोल्न थाले

काठमाडौं। इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए । उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् ।

आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् । लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् । आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताएअनुसार पारिश्रमिक कटौतीको साथमा उनीहरुले बढुवा पनि गुमाएका छन् । उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर