टुडेवाणी,
काठमाडौँ : रिद्धिसिद्धि सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजना एवं सोच नेपाल नाट्य संस्थाको प्रस्तुतीमा भएको नुक्कड नाट्य यात्रा बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा सम्पन्न गरिएको छ ।
ब्रान्ड प्रमोशन र समाजीक जनचेतना फैलाउने उदेश्यले गरिएको यस नाटकले दर्शकहरु समक्ष छाप छोर्न सफल भएको छ ।
यो भन्दा पहिले यो नाट्य यात्रा धनुषा महोतरी लगायतका क्षेत्रहरुमा प्रस्तुत गरिएको विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष संतोष लाल दासले जानकारी दिनुभयो ।
त्यस्तै अब यो नुक्कड नाट्य यात्रा अगामि दिनमा रौतहट जिल्लामा प्रस्तुत गरिने बताइएको छ ।