LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

निर्वाचित वडा अध्यक्षहरुले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

 

जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् ।

दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

 

फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।

उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन् ।

 

जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेको हो ।

प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना दिएका छन् ।

 

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको र जनताको समस्याप्रति वास्ता नराखी भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर