LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

निर्वाचित वडा अध्यक्षहरुले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

 

जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् ।

दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

 

फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन ।

उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन् ।

 

जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेको हो ।

प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना दिएका छन् ।

 

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको र जनताको समस्याप्रति वास्ता नराखी भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर