LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड मिति तोकियो

२०७८ कार्तिक ९, मंगलवार-मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्व-साधारणका लागि असोज २० गतेबाट २५ गते सम्म जारि आईपिओ (IPO) को बाँडफाँड सकभर यसै हप्ता भित्र हुने भएको छ ।

सोमबार वा मंगलबारसम्म प्रि-अलटमेन्ट हुन् सक्ने र प्रिअलमेन्टको काम सकिएपछि शुक्रबारसम्म आईपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गरेको हो । जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयर मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन दिएका छन् ।

कम्पनीले बिक्रि गर्ने शेयर मध्य भाग्यमानी सर्व-साधारण ८ लाख १९ हजार जना आबेदकहरुले मात्र १० कित्ताका दरले गोलाप्रथाको माध्यमबाट शेयर हात पार्नेछन् भने बाँकी १५ लाख ७४ हजार भन्दा बढी आवेदकको हात खालि हुने पक्का पक्की नै रहेको छ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ ।कम्पनीले शेयर सर्वसाधारणमा जारी गरेपश्चात चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर