LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

चीनमा फेरि फैलियो कोरोना, नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने विज्ञहरुको चेतावनी

काठमाडौँ । चीनमा पुनः कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । भाइरस फेरि देखिन थालेसँगै संक्रमितको संख्या समेत बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पछिल्लो एक सातामा चीनका ११ प्रान्तमा कोरोना फैलिएको जनाएको छ ।

चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र सङ्क्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

रिपोर्टका अनुसार गत हप्ता चीनमा थप १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर