LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

गाडीमा यात्रा गर्दा वान्ता हुन्छ?यसो गर्नुस समस्या बाट टाढा रहनुहुन्छ।

लामो दुरि अर्थात छोटो दुरिको सवारी साधनमा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिँगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। वान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ ।

यदि तपाइ यस्तो समस्या भोगिरहनु भएको छ भने यस्ता घरेलु उपाय अपनाएर यो समस्याबाट हट्न सकिन्छ।

ल्वाङ्ग – ल्वाङ्ग मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन – जामुनकाे फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन ।

काँचो आँप- काँचो आँपले खानामा रुचि लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ। यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सौंफ –साैंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन ।

अदुवा – अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ ।

यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर