LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

पल शाहसँगको समन्धबारे समाचार बाहिरिएपछि समिक्षा अधिकारीले लेखिन यस्तो भाबुक स्टाटस-

पल शाहसँगको समन्धबारे समाचारबारे समिक्षा अधिकारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले पल संग आफ्नो कुनै अ’नैतिक सम्बन्ध नरहेको स्पस्ट परेकी हुन् ।

उनले लेखेकी छन्नमस्कार ,मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र ह,’त्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु।

बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।

मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अ’नैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र ह,’त्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु।

मैले यो अपेक्षा गरेको थिएन । म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु।

अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा च’रित्र हिन हुने किसिमको समाचार नबनाउनु होला। सबैलाई धेरै धेरै माया धन्यबाद।🙏 -समिक्षा अधिकारी

प्रतिक्रिया
सम्बन्धित खवर