LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु, सात जना घाइते

टुडेवाणी, कार्तिक ७ गते ।

जर्जिया । अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना घाइते भएका छन् ।

घटनाबारे जर्जियाको व्युरो अफ इन्भिेटिगेसनले छानबिन सुरु गरेको छ । मृत्यु भएका व्यक्ति सो विश्वविद्यालयका विद्यार्थी भने नभएको जनाइएको छ । घटनामा अतिवादीको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गोली लागेका सातै जनाको अवस्था स्थिर रहेको छ । प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको छ । गोली कान्डपछि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर