LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि…

टुडेवाणी, कार्तिक ६ गते ।

काठमाडौँ :  नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो ।

खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् ।

तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर