टुडेवाणी, कार्तिक ६ गते ।
काठमाडौँ : नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो ।
खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् ।
तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।’