LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि…

टुडेवाणी, कार्तिक ६ गते ।

काठमाडौँ :  नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो ।

खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् ।

तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर