LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

चार महिनापछि बस्याे पोखराको कार्यपालिका बैठक, कांग्रेसले गरेन हस्ताक्षर

टुडेवाणी, कार्तिक ६ गते ।

पोखरा । नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।

उपचार पछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिए । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।

बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफुखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए ।

‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफुहरुले विश्वास गरेर हस्ताक्षर गरेपनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ ।

उनीहरुले महानगरले बैठकअघि समयमा एजेण्डा पनि नदिएको आरोप लगाएका छन् । ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ । अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन,’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने, ‘समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने ? के सुझाव दिने ?’ बैठककै समयमा पनि कांग्रेस तर्फका ११ वडाध्यक्षहरुले विरोध जनाएका थिए ।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर