LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

टुडेवाणी, कार्तिक ६ गते ।  

जनकपुरधाम :  प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ ।

 

चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ऋण लिएर उनलाई ९५ हजार रुपैयाँ बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्किनुपरेको थियो । यादवसँग आफू ठगिएको भन्दै रकम माग गरेपछि उनले नै प्रहरी लगाएर आफूलाई यातना दिएको सदाको दाबी छ ।

सदाका अनुसार पटक–पटक पैसा मागेपछि एजेन्ट यादवले उनलाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर भेट्न बोलाएका थिए । तर त्यहाँ पुग्दा आफूलाई घेरा हाली कुटपिट गर्न थालेको सदाको आरोप छ । त्यस क्रममा आफूले पनि प्रतिकार गरेको सदाको भनाइ छ । त्यसपछि यादवले सोही राति मुजेलिया प्रहरी चौकीका सई सिंहलाई भनेपछि प्रहरी सदाको घरमा गएर पुगेर उनलाई पक्रेर चौकी ल्याएको थियो । सो राति आधा घण्टासम्म प्रहरीले कुटपिट गरेको उनले सुनाए । सई सिंहले एक प्रहरी जवानलाई दुई वटा बाँसको लाठी दिएर पिठ्यूँ, ढाड र दुवै खुट्टामा निर्घात हुने गरी कुटपिट गर्न लगाएको उनको भनाइ छ ।

प्रहरीको यातनाबाट घाइते भएका सदालाई उपचारका लागि स्थानीय समर हस्पिटलमा भर्ना गरिएको थियो । तर रकम अभावको कारण उनी त्यहाँबाट घर फर्कन बाध्य भएका छन् । सदाका दाइ विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा समेत बोधार्थ गर्दै वैदेशिक रोजगारको लागि विदेश पठाइदिने भनेर आफुसँग ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराइदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई सिंह समेतलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयका यातना विभागका प्रमुख मनमाया राना मगरले पीडितले उजुरी दिएको बताउँदै आफूहरू तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने बताइन् । यता धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको र घटनाबारे बुझेर मात्र प्रतिक्रिया जनाउने बताएका छन् ।- रातोपाटि

प्रतिक्रिया
सम्बन्धित खवर