LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

आखिर किन एउटै केसमा भारती रिहा, शाहरुखका छोरालाई किन कोचियो जेलमा ?

टुडेवाणी,कार्तिक ६ गते ।

काठमाडौँ :  बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खानको जेलबाट छुट्न अझै समय लाग्ने देखिएको छ । बुधबार पनि अदालतले आर्यानको जमानत खारेज गरिदिएपछि कयौँ सेलिब्रेटी उनको समर्थनमा उत्रिएका छन् ।

कमल आर खानले आर्यानको जमानत निवेदन खारेज भएपछि ट्वीट गर्दै भनेका छन्, ‘आर्यान खानको जमानत निवेदन खारेज गरिएको छ, यो पूर्ण उत्पीडन जस्तो देखिन्छ । एक व्यक्ति जेलमा २० दिन कसरी बस्न सक्छ, जसबाट न त ला’गुऔ’षध भेटियो न त उनी यसलाई सेवन गर्दा समातिएका नै हुन् ।

एउटै केसमा उता भारती सिंहलाई एकै दिनमा रिहा गरिएको थियो, जसको साथबाट ८६ ग्राम ड्र’ग्स बरामद भएको थियो । मतलब, दुई व्यक्तिका लागि दुई वटा फरक–फरक कानून ।’

कंगना रनवत, सलमान खान, ऋतिक रोशन, फराह खान, सुनिल सेट्टी लगायतका कलाकारहरुले पनि आर्यान पक्राउको विरोध गरिरहेका छन् । अदालतले बुधबार आर्यानसहित पक्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो ।

क्रूज ड्रग्स केसमा पक्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।

आर्यानका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर