टुडेवाणी,कार्तिक ६ गते ।
काठमाडौँ : बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खानको जेलबाट छुट्न अझै समय लाग्ने देखिएको छ । बुधबार पनि अदालतले आर्यानको जमानत खारेज गरिदिएपछि कयौँ सेलिब्रेटी उनको समर्थनमा उत्रिएका छन् ।
कमल आर खानले आर्यानको जमानत निवेदन खारेज भएपछि ट्वीट गर्दै भनेका छन्, ‘आर्यान खानको जमानत निवेदन खारेज गरिएको छ, यो पूर्ण उत्पीडन जस्तो देखिन्छ । एक व्यक्ति जेलमा २० दिन कसरी बस्न सक्छ, जसबाट न त ला’गुऔ’षध भेटियो न त उनी यसलाई सेवन गर्दा समातिएका नै हुन् ।
एउटै केसमा उता भारती सिंहलाई एकै दिनमा रिहा गरिएको थियो, जसको साथबाट ८६ ग्राम ड्र’ग्स बरामद भएको थियो । मतलब, दुई व्यक्तिका लागि दुई वटा फरक–फरक कानून ।’
कंगना रनवत, सलमान खान, ऋतिक रोशन, फराह खान, सुनिल सेट्टी लगायतका कलाकारहरुले पनि आर्यान पक्राउको विरोध गरिरहेका छन् । अदालतले बुधबार आर्यानसहित पक्राउ परेका तीन जनाको जमानत निवेदन खारेज गर्यो ।
क्रूज ड्रग्स केसमा पक्राउ परेका उनीसहित तीनै जना हाल आर्थर रोड जेलमै रहने छन् । अदालतमा बुधबार कुनै पनि पक्षले आफ्नो तर्क राखेनन्, न्यायाधिशले सिधै आफ्नो फैसला सुनाए ।
आर्यानका वकिलले अब मुम्बई उच्च अदालतमा जमानतका लागि आज निवेदन दिएका छन् । आर्यन खानका वकिलले फैसलाको विस्तृत प्रति पाउने बित्तिकै उनी उच्च अदालत गएका हुन् ।