LIVE NEWS
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचितसिरहामा अपहरणमा परेका किशोरको हत्याGenZ आन्दोलनका सहिद विजय चौधरी अमर रहून् : राजकीय सम्मानका साथ अन्त्येष्टिपेट्रोल पम्पमा आगजनी भइरहेको दृश्य समाचार संकलनको क्रममा पत्रकारमाथि कुटपिट, स्थानीय प्रशासनसँग तत्काल कारबाहीको मागकिरण साह हिरासतमा स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्नाकरीब १ बजे विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा २ सय १२ किलो ८६० ग्राम गाँजा फेलारेडियो सञ्चालक चौधरी सम्पर्कविहीन, फेला पार्न सहयोगको लागि अपिल

कार्तिक महिनामा ४ ठुला ग्रहहरूको राशि परिवर्तन, कुन क्षेत्रमा कस्तो प्रभाव हेर्नुस् !

टुडेवाणी, कार्तिक ६ गते ।

काठमाडौँ :  सम्पूर्ण सृष्टि चक्र को सञ्चालन नै नवग्रहका युक्ति, दृष्टि र गतिमा निर्भर रहन्छ । ग्रहहरूको परिवर्तनका कारण सामाजिक,आर्थिक पारिवारिक तथा राजनीतिक लगायतका क्षेत्रहरूमा परेको प्रभाकै कारण समय समयमा ठूलाठूला परिवर्तन भइरहेका छन् ।

कार्तिक महिनामा नौ ग्रहहरूमध्ये चार ग्रहहरूले विभिन्न सायमा राशि परिवर्तन गर्न लागेका छन् । भाद्र २२ गते मङ्गलवार ‍औंसी तिथिका दिन देखि कन्या राशिमा रहेका मगलग्रहले ४५ दिन पछि कार्तिक ६ गते शनिवार अपराह्न देखि तुला राशिमा भ्रमण गर्ने छन् ।

 

१४ गते शुक्रग्रह वृश्चिक राशिको यात्रा पुरा गरी देव गुरु बृहस्पतिको राशि धनुमा गोचर गर्ने छन् ।१५ गते बुध ग्रहले आफ्नो राशि कन्याबाट तुला राशिमा गोचर गर्नेछन् भने २३ गते देव गुरु बृहस्पति ग्रहले नीच राशि मकरबाट कुम्भ राशिमा गोचर गर्नेछन् । यसरी एउटै महिनामा चार ग्रहहरूको राशि परिवर्तन हुनु महत्त्वपूर्ण खगोलीय घटनाका रूपमा लिने गरिएको छ ।

लामो समयदेखि आर्थिक रूपमा थलिएको सेयर मार्केटले आईतवारदेखि बिस्तारै लयमा फर्किने छ । १४ गते शुक्र ग्रह र १५ गते बुधग्रहकाे राशि परिवर्तन पछि पूर्णपुरमा बलियो अवस्थामा सेयर मार्केटको चहलपहल बढ्ने छ । २३ गते बृहस्पति कुम्भ राशिमा परिवर्तन नहुन्जेल पूर्णपुरमा मौसममा सुधार भने हुनेछैन ।

सम्पूर्ण नेपालीले पूर्णपुरमा कोरोनाको उपचार प्राप्त गर्ने योग निर्माण भएको छ । राजनीति दलहरुपनि एक ढिक्का भएर अगाडि बढ्ने योग भएकाले वर्तमान सरकारलाई केही समस्या पर् नसक्ने योग निर्माण भएको छ ।

आर्थिक रूपमा बस्तुहरूको मुल्य बृद्धि हुनेछ । तेल तथा खाद्यान्नमा पनि चर्काे मुल्यवृद्धिकाे योग परेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर