LIVE NEWS
सत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्नमधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

नेपालमा राजनीतिमा लाग्नेहरु यसरी भएका रहेछन् मालामालः उपेन्द्र यादवलाई ५० लाख देखि १० करोडसम्मको अफर !

टुडेवाणी, कार्तिक ५ गते ।

काठमाडौँ :  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई ५० लाख देखि १० करोडसम्मको अफर आएको छ । यादवले चुनावका निम्ति टिकट माग्नेहरु आफ्नो सम्पर्कमा आउन थालेको बताएका हुन् ।

उनले रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरू आउन थालेको बताएका हुन् । ‘कतिपय वडा अध्यक्षको टिकट देऊ म ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् ।

मेयरको टिकट माग्नेहरु १० करोड जम्मा गरिसकेको बताइरहेका छन्’ अध्यक्ष यादवले राजविराजमा आयोजना गरेको सप्तरीको विकास विषयक अन्तरकृया कार्यक्रमलाई बुधबार राति सम्बोधन गर्दै भने, ‘ कति इमान्दारी काम गरे । जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु । टिकट दिनुस् भनिरहेका छन् ।’

गाउँको विकास हुनुपर्नेमा जोड् दिदैं उनले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताए । कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना भएको उनले बताए । ‘जनतालाई जागरुक बन्नु जरुरी छ,’ उनले भने ।

यो सोचको चुनावमा परिणाम के होला रु भन्ने प्रश्न गर्दै उनले यसमा करेक्सन हुनु जरुरी रहेको बताए । ‘किन १० करोड लगाउँछ रु राजनीति किन गर्छ रु’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्‍थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो । तर अहिले राजनीति व्यापार भयो । पेशा रहेन् ।’

अहिले राजनीति गरिरहेकाहरु व्यापार गरिरहको उनले बताए । ‘राजनीति धन्धा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन्,’ उनले भने ।
यहाँबाट जितेर माथिल्लो निकायमा जानेहरु पनि यस्तै धन्दामा लागिपरेको उनले बताए ।

‘यहाँबाट जितेर गएकाहरु माथि त्यस्तै धन्दा गर्छन्,’ उनले भने, ‘माथि गएपछि केही नेताहरु आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरु म सांसद हुँ मलाई खरिद गर भन्छन् । अनि, त्यहाँ मोलमोलाई हुन्छ,’ उनले भने ।

रकममा बिक्नेहरूमध्ये कतिलाई किनेर बैंककमा राखिएको भन्दै उनले एक पटक दुई सांसदलाई किनेर भारतको मधेपुरास्थित सांसद पप्पुको घरमा गएर समेत राखिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर