LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

पटक–पटक भासिएको विषयमा निष्पक्ष छानबिन गर्न टोली गठन गर्नुपर्ने: कांग्रेस कोषाध्यक्ष सीतादेवी

टुडेवाणी, कार्तिक ५ गते ।

जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले हुलाकी सडकमार्गअन्तर्गत सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विषयमा संसदमा कुरा उठाउने बताएकी छिन्।

भासिएको पुल निरीक्षण गर्न पुगेकी सांसदसमेत रहेकी यादवले पुल पटक–पटक भासिएको विषयमा निष्पक्ष छानबिन गर्न टोली गठन गर्नुपर्ने बताइन्। संसद् बैठकमा आफूले जोडका साथ यो विषय उठाउने भन्दै कोषाध्यक्ष यादवले भनिन्, ‘कसको कारणले पुल भासिएको छ, त्यो छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ।’

पुल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्दै कोषाध्यक्ष यादवले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र भौतिक योजनामन्त्री रेणु यादवसँग परामर्श गर्ने बताइन्। ‘पुल अविलम्ब निर्माण हुनुपर्छ,’ उनले भनिन्, ‘यसको निम्ति सशक्त भूमिका खेल्छु ।’

हुलाकी सडकखण्डअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको अर्को पाया (पायल) गत बुधबार भासिएको थियो। पुलको चार फिटभन्दा बढी उत्तरतर्फबाट ढल्केर तल भासिएको हो। उक्त पुल ०६८ सालमा पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्स जेभीले करिब २५ करोडमा निर्माण गर्ने सम्झौता गरेको थियो। ९५ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गत असार १७ मा सिराहातर्फबाट दोस्रो पाया पूरै भासिन पुगेको थियो। पाया तल भासिएपछि स्ल्याब तल खसेको छ।- नयापत्रिका

प्रतिक्रिया
सम्बन्धित खवर