LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

सनातन धर्मले नै मानवकल्याण गर्छ : स्वामी स्वरूपानन्द

सिद्धार्थनगर । भारतको पञ्जाबमा आयोजन हुने गुरु नानकको ५५०औँ जन्मोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट प्रकाशित १०० रुपैयाँको सिक्का र पशुपतिनाथका मूलपुजारी गणेश भट्टले प्रदान गरेका पशुपतिनाथको चन्दन लिएर सनातन संस्कृति समाजका संरक्षक १००८ स्वामी स्वरूपानन्द सरस्वती त्यसतर्फ जाने भएका छन् ।

नेपाल सरकारले मुद्रण गरेको १०० रुपैयाँको सिक्काको एकातिर ‘ॐकार’ र अर्कातिर ‘नेपाल श्रीभवानी’ लेखिएको छ । जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालीको सन्देश लिएर उनी त्यसतर्फ जान लागेको उक्त समाजका उपाध्यक्ष धर्मराज बरालले बताए ।

बेलहिया नाका हुँदै भारतको पञ्जाबतर्फ प्रस्थान गरेका स्वरुपानन्दले पत्रकारसँगको कुराकानीमा भने, “विश्वमा शान्ति कायम गर्न धर्र्म अङ्गीकार गर्नुपर्छ । हामी सनातनीहरु सबैको एकताले नै विश्वमा शान्ति र सद्भाव कायम हुन्छ ।”

धर्म जीवनको उन्नतिका लागि आवश्यक भए पनि पछिल्लो समय धर्मभन्दा धनलाई जोड दिइएकामा चिन्ता व्यक्त गर्दै उनले भने, “संसारमा सबै धर्म मनुष्यले बनाएका हुन् तर हिन्दू धर्म, सनातनी भएको र भगवानले नै सिर्जना गर्नुभएको हो । यसको न आदि छ न अन्त्य नै । यो अनादिसम्म चल्छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर