LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

पुर्व प्रदेश २ प्रमुखको मन छुने अपिल

टुडेवाणी,

काठमाडौं। बेमौसमी वर्षाका कारण किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश नं. २ का निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले आग्रह गरेका छन् ।

बेमौसमी भारी वर्षाका कारण अर्बौँको धान बाली नष्ट भएको छ भने ८८ जनाको ज्यान गएको र कैयौँ जना बेपत्ता भएका छन् । यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डा.अहिराजले बताएका हुन् । यसबाट सबभन्दा बढी मारमा किसानहरू परेकाले नेपालीहरूले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

डा.अहिराजले प्रभावित क्षेत्रहरूमा अनुगमन गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनले भनेका छन्, ‘यी पीडामा म थुप्रै किसानहरूसँग भेटेँ, खेत बालीमा गएँ, उहाँहरूको आँखाभरि आँसु छन् । किसानहरूको परिवारमा एक खालको पीडा, भविष्यको चिन्ता, भोलि के खाने, लालावालालाई कसरी पाल्ने, जीवन कसरी धान्ने भन्ने पीडामा छन् ।’

किसानहरूको पीडाबारे बोल्दै उनले भने, ‘अहिले किसानको पीडा सुनिदिने वा बोलिदिने कोही भएन । हामी सबै नेपालीहरू जहाँ र जसरी भए पनि किसानहरूका लागि मुठ्ठिदान गरौँ । तपाईँ हाम्रो सहयोग र साथले किसानका अनुहारमा खुसी आउँछन् ।’

उनले हाम्रा अन्नदाताको आँसु पुछ्न, अनुहारमा खुसी ल्याउन र खानको व्यवस्था गरिदिन नेपालीहरू सक्षम रहेको बताउँदै सबै चाह्यो भने यो असम्भव नरहेको जिकिर गरेका छन् । ‘म सबै नेपालीहरूलाई हात जोडेर बिन्ती गर्न चाहन्छु कि किसानहरूलाई परेको यो पीडा र दुःखमा हामी साथ दिऔँ,’ उनले भनेका छन् ।

उनले हाम्रा अन्नदाताहरू मारमा पर्दा कोही पनि मौन बस्न नहुने धारणा राखेका छन् । ‘हामी तपाइसँग छौँ भन्ने किसानलाई हौसला दिनका लागि अब घरबाट पाइला बाहिर निकाल्नुपर्ने आवश्यकता छ’, उनले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर