LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

गैरकानूनी हर्कत गर्ने सिके राउतका कार्यकर्तालाई कडा कारवाही गर्न प्रवक्ता शैलेन्द्र साहको मांग

जनकपुरधाम। प्रदेश २ का प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले  डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता अराजक बनेको भन्दै कारवाही गर्न सम्बन्धीत पक्ष समक्ष मांग गरेका छन् ।

सिके राउतको व्यक्तिगत स्वार्थका लागि कार्यकर्ता परिचालन गरी खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश्वर कुशवाहामाथि अमानव्य गतिविधि गरेको भन्दै संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्न मांग गरेका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीको निन्दनीय घटना रहेको दाबी गर्दै  अर्थ मन्त्री साहले  भने कानुनी उपचार खोज्नुपर्ने ठाउँमा आफै न्यायाधीश भएको राम्रो होइन ।

यदि खानेपानीको इन्जिनियर साच्चिकै दोषी हो भने पनि सम्बन्धीत निकायद्धारा कारवाही गर्न लगाउनु पर्ने हो । तर समूह बनाई यसरी कारबाही गर्ने अधिकार सिके राउत वा उनको कार्यकर्ताको छैन ।

विगतका दिनमा तराई मधेसमा विभिन्न जनतान्त्रिक संगठन तथा माओवादीले पनि यसरी कानून हातमा लिएर उपद्रो मच्चाएको थिएन् । तर सिके राउतले मधेसको नाममा मधेसीलाई नै निशाना बनाई कानून हातमा लिएको मन्त्री साहको  ठहर छ ।

खानेपानी प्रमुखलाई गैरकानूनी कार्य गरेको भन्दै धनुषा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कानून बमोजिम कारवाही नगरीए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर