LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

शसस्त्र प्रहरी नायव उपरिक्षक थापाको असुली धन्दा ,सानालाई सास्ती तस्करलाई मस्ती

सर्लाही , सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवन सर्लाहीका शसस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र कुमार थापाले तस्करी नियन्त्रणमा निकै सक्रियता देखाए । कहिले सिभिलमा टोलीहरू परिचालन गरेर त कहिले आफैँ फिल्डमा खटेर चोरी तस्करीका सामानहरू पक्राउ गरे ।

उनको पहिला पहिलाको समयमा त्यस्ता भन्सार छलीका सामानहरु नियन्त्रणमा देखीएको सक्रियाताका कारण उनलाई प्रदेश नं. २ बाहिनीले विश्वास गरेको थियो । तर पछि पक्राउ गरेका सामानहरू रकम लिएर छोड्ने चलखेल,साना व्यापारीहरुका सामानहरु नियन्त्रणमा लिने र ठूलालाई उन्मुक्ती दिने गरेका पाइएको छ । तस्करी धन्दामा सक्रिय उहाँका केही कर्माचारीहरुको प्रयोग गरेर कमिसन असुल्ने काम शुरु भएको पाइएको छ ।

उनले किसानहरुले बजारमा ल्याउने खसिबोका देखि अन्य भन्सार छलीका हरेक सामान ल्याउने तस्करहरुसंग कमिसन असुली रहेका छन् । हरिवन क्षेत्रका साथै लालबन्दी,हरिपुर तथा वयलवास क्षेत्रका त्यस्ता तस्करहरुसंग उनले कमिसन लिने गरेका एक तस्करले नै बताएका छन् । ती तस्करका अनुसार शसस्त्र प्रहरी नायव उपरिक्षक थापाले साना व्यापारीहरुलाई तनाव दिने गरेका छन् भने ठूला व्यापारीहरुसंग ठूलो रकम कमिसन लिने गरेको पाइएको छ ।

भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएर भन्सार बुझाउने समयमा सामानहरु हराउनु,धेरै सामान समातेर थोरै सामान भन्सार बुझाउनु,आफ्नो यरिया भन्दा बाहिर गएर सामान नियन्त्रणमा लिनु लगायतका कामले पनि उनी असुली धन्दामा लागेका साना व्यापारीहरुको आरोप छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नीतिमा नै घुमुवा राख्न नपाउने भएपनि सर्लाहीमा प्रहरीले समेत सादा पोशाकमा घुमुवा राखेर असुली धन्दा चलाई रहेको छ भने शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले आफ्ना फरक मान्छे राखेर असुली धन्दा चलाई रहेको छ ।

शसस्त्र प्रहरी नायव उपरिक्षक थापाले चाडपर्वको नाममा समेत किसानहरु तथा खसिबोका व्यापारीहरुसंग खसि माग्ने गरेका एक व्यापारीले बताए । यो विषयमा यस अघिका शसस्त्र प्रहरीका डिआइजीहरु तथा नेपाल प्रहरीका डिआईजीहरुलाई जानकारी भएको भएपनि उनिहरु आफैँ पनि सादा पोशाकमा घुमुवा राखेर रकम असुलीमा लागेका सबैलाई जानकारी छ । जसबाट साना व्यापारीहरुलाई सास्ती छ भने तस्करहरु र ठूला व्यापारीहरुलाई मस्ती भएको छ ।

सन्तोष डिलर,संजिव साह,मनोज रजक,गुलाम,विजय,पुकार,हुसेनी,रिता,सरिता र उमेश लगायतका तस्करहरुसंग शसस्त्र प्रहरी नायव उपरिक्षक थापाको सेटिङ्ग रहेको शसस्त्र प्रहरी स्रोत नै बताउछ । स्रोतका अनुसार शसस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले यीनै तस्करहरुसंगबाट अलगै कमिसन लिने गरेका छन् भने शसस्त्र प्रहरी नायव उपरिक्षक थापाको आफ्नै सेटिङ्ग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर