LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

बलिउडमा प्रवेश गर्न साराले पाइनन् अभिभावकको साथ, रोहितले गरे खुलासा !

बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् ।

सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका दुई फिल्मले साराको अभिनय क्षमतालाई दर्शकमाझ प्रस्ट्यायो ।

आफ्नो छुटै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यसबारे एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् ।

‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन्, अनि मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’ उनले साराको प्रशंसा गर्दै भने ।

सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदैछिन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छिन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ ।

 

उनले रणवीर सिंह, सुशान्त सिंह राजपूत, कार्तिक आर्यन, वरुण धवन, अक्षय कुमार लगायतका बलिउड स्टारसँग काम गरिसकेकी छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर