LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

लोसपा युवा नेता साहको घोषणा आउने निर्वाचनमा उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने

टुडेवाणी डेस्क,

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आउने चुनावमा उम्मेदवारी दिने क्षेत्रबाट आफु पनि उम्मेदवारी दिने घोषणा गरेका छन ।

युवा नेता साहले मधेश आवाज संग कुराकानी गर्दै उपेन्द्र यादवले नेपालको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि त्यहिबाट आफु उम्मेदवारी दिएर जितेर देखाउने दावी गरेका छन । उपेन्द्र यादवले पटक पटक जितेर पनि त्यस क्षेत्रका जनतालाई प्रत्यक्षरुपमा ठगी गर्दै आएको आरोप लगाउदै सानो तिनो काम दिएर जनतालाई ठग्दै आएका उनि अहिले सम्म सिन्को समेत भाच्न नसकेको साहको आरोप रहेको थियो ।

 

उनले भने,उपेन्द्र यादवको एकलजातीय कर्तुत र मधेशी जनता संग गर्दै आएको घातलार्ई मधेशी जनताले वुझी सकेको छ,अबको मधेशको नेतृत्व कार्यभार सम्हाल्ने जिम्मा युवालाई दिने आफु विश्वस्त रहेको ले उपेन्द्र यादवलाई परास्त गरेर देखाउने उनले दावी गरे ।

साहले आफनो चुनौती स्विकार गर्न तयार रहन चेतावनी दिदै उनले उपेन्द्र यादव पहाडबाट नलडने पक्का नै हो र मधेशको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि उनी विरुद्ध आफु पनि उम्मेदवारी दिएर भारी मतान्तरले विजयी हुने समेत दावी गरेका छन ।

लोसपाका युवा नेता साह राजेन्द्र महतो निकट रहेको वताइन्छ । उनि आफनो सानो उमेरमा नै राजनीतिमा आफनो ठुलै पकड वनाएको विभिन्न उदाहरणबाट देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर