LIVE NEWS
महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतद्वारा बालेनको नेतृत्वप्रति समर्थनजनकपुरधाममा छाडा गाईबस्तुका कारण ट्राफिक अस्तव्यस्त, दुर्घटनाको जोखिम बढ्दोनेपालको नयाँ राजनीतिक समीकरणमा मोदीको चासो, रवि र बालेन्द्रसँग टेलिफोन कुराकानीराजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भीषण आगलागीट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्ताव

श्रीमानसँग दुवईमा मस्ती गर्दै दीपिका प्रसाई

टुडेवाणी डेस्क,

अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् ।

दुबईका तस्बिरहरु उनले हरेक दिन दुबई डायरी भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ।

धनगढीमा सन् १९८६ जुलाई १८ जन्मेकी दीपिका प्रसाईले दिवाकर भट्टराईको प्रेमप्रसङ्गयुक्त नाटकीय चलचित्र ‘ऐश्वर्या’ (सन् २०१७) बाट एक अभिनेत्रीको रूपमा अभिनय सुरुवात गेरकी थिइन्।

सो चलचित्रमा उनले एक सहायक अभिनेत्रीको भूमिकामा देखा परेकी थिइन् । पहिलो चलचित्रको सफलता पछि उनी छक्का पञ्जा ३ मा दिपकराज गिरीसँग अभिनय गरेकी थिइन्।

यो चलचित्रले बक्स अफिसमा सफलता प्राप्त गर्नुका साथै सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बन्न सफल भयो।

आफूलाई फिल्म क्षेत्रमा ल्याएकै निर्देशकसँग उनले सन् २०१८ को अक्टुबरमा बिवाह गरेकी हुन् ।

बिवाहपछि चलचित्र क्षेत्रबाट उनी गुमनाम हुँदै गएको बताइन्छ । चलचित्र क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर