LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

श्रीमानसँग दुवईमा मस्ती गर्दै दीपिका प्रसाई

टुडेवाणी डेस्क,

अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् ।

दुबईका तस्बिरहरु उनले हरेक दिन दुबई डायरी भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ।

धनगढीमा सन् १९८६ जुलाई १८ जन्मेकी दीपिका प्रसाईले दिवाकर भट्टराईको प्रेमप्रसङ्गयुक्त नाटकीय चलचित्र ‘ऐश्वर्या’ (सन् २०१७) बाट एक अभिनेत्रीको रूपमा अभिनय सुरुवात गेरकी थिइन्।

सो चलचित्रमा उनले एक सहायक अभिनेत्रीको भूमिकामा देखा परेकी थिइन् । पहिलो चलचित्रको सफलता पछि उनी छक्का पञ्जा ३ मा दिपकराज गिरीसँग अभिनय गरेकी थिइन्।

यो चलचित्रले बक्स अफिसमा सफलता प्राप्त गर्नुका साथै सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बन्न सफल भयो।

आफूलाई फिल्म क्षेत्रमा ल्याएकै निर्देशकसँग उनले सन् २०१८ को अक्टुबरमा बिवाह गरेकी हुन् ।

बिवाहपछि चलचित्र क्षेत्रबाट उनी गुमनाम हुँदै गएको बताइन्छ । चलचित्र क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर