LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम : कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको मधेस प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। बैठकमा १०० जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए।

एमालेलाई सरकारमा सहभागी गराएपछि कांग्रेससँगै एमाले, नेपाल कम्युनिस्ट पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन्।

यता जसपा नेपालले आफ्ना मन्त्रीहरूलाई बर्खास्त गरिएको र औपचारिक रूपमा विश्वासको मत नमागिएको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको थियो।

त्यस्तै जनमत पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएनन्।

प्रतिक्रिया
सम्बन्धित खवर