LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

एकडारा र सम्सीका बालबालिका तथा विपन्नलाई सहयोग सामग्री हस्तान्तरण

महोत्तरी: ​दलित समाज उत्थान समिति नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धिको लागि हातेमालो कार्यक्रम’ अन्तर्गत एकडारा र सम्सी गाउँपालिकामा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

​संस्थाका संस्थापक अध्यक्ष सुनील ठाकुरको आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच ( CEW ) इभेन्टको अनुगमन हुनुका साथै समुदायका बालबालिका तथा विपद् प्रभावितलाई सहयोग प्रदान गरिएको हो ।

​कार्यक्रममा बालबालिकाको बौद्धिक विकासका लागि बाल क्लबहरूलाई बोर्ड गेम (Board Game) वितरण गरिएको छ । त्यसैगरी, हालैको आगलागीबाट पीडित भएका परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री र रक्त क्यान्सर (Blood Cancer) बाट पीडित बिरामीलाई उपचारका लागि आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

​कार्यक्रमका संयोजक उतिम चन्द्र चौधरीले यस्ता कार्यक्रमले बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुनुका साथै विपद् र रोगबाट प्रभावित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार संस्थाले आगामी दिनमा पनि समुदायको माग र आवश्यकताका आधारमा मानवीय तथा सामाजिक सेवाका कार्यहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर