LIVE NEWS
सर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या'न गयोसांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्नएसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।संवेदनशील मोडमै रेलिङ काटियो, कसको संरक्षणमा भइरहेको छ निजी प्रयोग ?निदाएको होइन, अर्जेन्ट म्यासेज हेरेको थिएँ” — अर्थमन्त्री वाग्लेएकडारा र सम्सीका बालबालिका तथा विपन्नलाई सहयोग सामग्री हस्तान्तरणदेशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

प्रधानन्यायाधीश नियुक्ति विवादमा रुबी ठाकुरको जवाफ

जनकपुरधाम : प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै चर्को आलोचना भइरहेका बेला उपसभामुख रुबी कुमारी ठाकुर ले कार्यक्षमता र योग्यतालाई मुख्य आधार बनाएर निर्णय गरिएको स्पष्ट पारेकी छन्।

 

संवैधानिक परिषद्की सदस्यसमेत रहेकी ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह को जोडबलमा नियुक्ति गरिएको भन्ने आरोपको प्रतिवाद गर्दै न्याय प्रणालीमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताइन्।

 

उनले भनिन्, न्याय प्रणालीबारे धेरै समयदेखि जनता गुनासो गर्दै आएका छन्। एउटा मुद्दाको फैसला हुन अत्यधिक समय लाग्नु न्याय प्रणालीकै लागि गम्भीर विषय हो।

 

ठाकुरका अनुसार न्यायपालिकामा नियुक्ति गर्दा दल वा राजनीतिक निकटताभन्दा पनि कार्यक्षमता, योग्यता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता महसुस गरिएको हो। “जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ,” उनले भनिन्।

 

राज्यका सबै अंगले संविधान, कानुन र जनहितलाई सर्वोपरि राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले हालको निर्णय निष्पक्ष, प्रभावकारी र जिम्मेवार न्याय प्रणाली निर्माणतर्फको कदम भएको दाबी गरिन्।

 

प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको रोलक्रम मिचिएको भन्दै विभिन्न राजनीतिक तथा कानुनी वृत्तमा आलोचना भइरहेका बेला उपसभामुख ठाकुरको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर