LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

 ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!

जनकपुरधाम। अत्यन्त सानो उमेरमै असाधारण साहस देखाउँदै ९ वर्षीय बालक ईशांक सिंहले श्रीलंकाबाट भारतसम्म करिब ३० किलोमिटर दूरी पौडी खेलेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

 

उनले करिब ९ घण्टा ५० मिनेटको समय लगाएर समुद्र पार गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। यति कम उमेरमा यति ठूलो चुनौती पार गर्नु आफैंमा अत्यन्तै प्रेरणादायी र उल्लेखनीय मानिएको छ।

 

ईशांकको यस उपलब्धिले केवल उनको व्यक्तिगत क्षमता मात्र होइन, बालबालिकामा पनि दृढ इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए असम्भव जस्तो देखिने लक्ष्य समेत पूरा गर्न सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ।

 

उनको यो साहसिक यात्राले विश्वभरका बालबालिका र युवापुस्तालाई नयाँ उचाइ छुने प्रेरणा दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर