LIVE NEWS
लमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्नसरकारको कदमविरुद्ध प्रदर्शन, नेता नै समातिएडोजर vs सुकुमबासी: थापाथलीमा टकरावको काउन्टडाउन!गृहमन्त्री सुदन गुरुङको राजीनामा, गृह मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामा

लमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्यान

जनकपुरधाम । लुम्बिनी प्रदेश प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय लमहीको सक्रियतामा इनारमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ।

 

प्रहरी निरीक्षक रोशनराज पाण्डेय, प्रहरी वरिष्ठ नायव निरीक्षक युवराज चन्द, प्रहरी नायव निरीक्षक मनोहर चौधरी लगायतको टोलीले नेपाली सेनाका मेजर राजकुमार गिरीसँग समन्वय गर्दै तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए। तीव्र प्रयासपछि महिलालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।

 

उद्धारपछि घाइते महिलालाई उपचारका लागि लमही अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

जनताको जीवनरक्षामा लुम्बिनी प्रदेश प्रहरी सधैं अग्रपंक्तिमा रहेको यस घटनाले पुनः प्रमाणित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर