LIVE NEWS
लमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्याननिर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनीहजारौं श्रद्धालुको शाही स्नान: दुधमती नदीमा लुकेको सीतामातासँग सम्बन्धित अद्भुत आस्था र विश्वास…मटिहानी, महोत्तरीको मटिहानीमा टोल विकास संस्थाहरूको प्रभावकारिता बढाउने उद्देश्यका साथ एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्नसरकारको कदमविरुद्ध प्रदर्शन, नेता नै समातिएडोजर vs सुकुमबासी: थापाथलीमा टकरावको काउन्टडाउन!गृहमन्त्री सुदन गुरुङको राजीनामा, गृह मन्त्रालय प्रधानमन्त्री शाहकै जिम्मामा

निर्माण क्षेत्रमा ‘सुनामी’, मधेसका व्यवसायीको चेतावनी

जनकपुरधाम, बैशाख १३ — मधेस प्रदेश निर्माण व्यवसायी महासंघले इन्धन तथा निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ। महासंघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बढ्दो लागत र सामग्री अभावका कारण प्रदेशभरका निर्माण कार्यहरू ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ।

 

विज्ञप्तिअनुसार मध्यपूर्वमा जारी युद्धको प्रभावले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य निरन्तर बढिरहेको छ। यससँगै निर्माणका अत्यावश्यक सामग्री बिटुमिन, सिमेन्ट र डण्डीमा समेत अभाव र मूल्यवृद्धि हुँदा निर्माण उद्योग नै धराशायी हुने अवस्थामा पुगेको व्यवसायीहरूको गुनासो छ।

 

महासंघले सरकारसमक्ष तीन मुख्य माग अघि सारेको छ। बजारमा मूल्य वृद्धि भए पनि सम्बन्धित निकायले घटेको देखाउने प्रवृत्तिको विरोध गर्दै ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तत्काल जारी गर्नुपर्ने, विषम परिस्थितिका कारण समयमै काम सम्पन्न गर्न नसकिने भएकाले सबै ठेक्काको म्याद थप गर्नुपर्ने, र निर्माण क्षेत्र जोगाउन बैंक ग्यारेन्टी, बीमा तथा क्षतिपूर्तिसहित राहत प्याकेज उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

 

महासंघका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले विगत दुई महिनादेखि आश्वासन मात्र दिएको आरोप लगाउँदै लाखौँ श्रमिक र व्यवसायी आर्थिक संकटमा परेको उल्लेख छ। मागहरू तत्काल सम्बोधन नगरे निर्माण क्षेत्र पूर्ण रूपमा बन्द गर्ने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर