LIVE NEWS
औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँपदभारपछि पहिलोपटक मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको संवाददहेजको बोझमा दबिएको समाजप्रति उपसभामुखको पीडाजुर शीतल: शीतल जलसँगै आशीर्वादले भरियो मधेशका घर–घरमा आत्मीयतासलहेश फूलबारीमा आज मेला: सुनाखरी हेर्न भक्तजनको अपार भीडबालेन नेतृत्वप्रति पूर्वराजा ज्ञानेन्द्रको सकारात्मक संकेत, युवामाथि भरोसाकेपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

औषधीय प्रयोगका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ — मुख्यमन्त्री बानियाँ

काठमाडौं,  वैशाख ३ : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औषधीय प्रयोजनका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिनुपर्ने धारणा राखेका छन्।

 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। बानियाँले गाँजामा रहेका औषधीय गुणलाई ध्यानमा राख्दै संघीय सरकारले नै स्पष्ट कानुन बनाएर यसको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने बताए।

 

उनले उदाहरण दिँदै भने— यदि वैद्यखानामै औषधिको रूपमा गाँजाको प्रयोग भइरहेको छ भने, त्यसलाई कानुनी ढाँचाभित्र ल्याएर किन व्यवस्थित रूपमा अघि नबढाउने?

 

मुख्यमन्त्री बानियाँले सुरुवाती चरणमा मकवानपुरसहित केही जिल्लालाई ‘पकेट क्षेत्र’का रूपमा छनोट गरी परीक्षणात्मक रूपमा प्रयोग सुरु गर्न सकिने सुझाव पनि दिएका छन्। साथै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर कडा नियमन र अनुगमनसहित प्रयोगको बाटो खोल्नुपर्ने उनको जोड थियो।

प्रतिक्रिया
सम्बन्धित खवर