LIVE NEWS
आकाश कुमार साहको नेतृत्वमा जलेश्वरमा स्वास्थ्य सुधारको माग, ज्ञापनपत्र बुझाउँदै कडा आन्दोलनको चेतावनी...रामानन्द चोक–आँखा अस्पताल सडक: धुलो, खाल्डा र जीर्ण अवस्थाले स्थानीय व्यापार, बिरामी दिनहुँ दुःख भोग्दैअस्पतालबाट रिहा भए केपी ओली, परिवारको जिम्मा लगाइयोविश्वसँग सहकार्य बढाउने बालेनको घोषणा: लगानी, विकास र शान्तिमा जोडमासु पसलको हतियार प्रयोग गरी २ जना ह'त्या, आरोपी पक्राउमन्दिर परिसरमै हमला : कृष्ण मन्दिरमा चक्कु प्रहार, एक युवा गम्भीरप्रधानमन्त्री बालेनको नयाँ शैली: राजदूतहरूसँग सामूहिक भेट, कूटनीतिमा नयाँ अभ्यास

रामानन्द चोक–आँखा अस्पताल सडक: धुलो, खाल्डा र जीर्ण अवस्थाले स्थानीय व्यापार, बिरामी दिनहुँ दुःख भोग्दै

जनकपुरधाम, २६ चैत २०८२।जनकपुरधाम उपमहानगरपालिका भित्र पर्ने रामानन्द चोकदेखि आँखा अस्पताल जाने सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको भन्दै स्थानीय बासिन्दा र व्यापारीहरूले गुनासो गरेका छन्। लामो समयदेखि सडक निर्माण नहुँदा यस क्षेत्रमा धुलो, खाल्डा र उबडखाबड बाटोका कारण सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ।

 

स्थानीयका अनुसार सडकमा पक्की संरचना नबन्दा सवारी साधन चल्दा अत्यधिक धुलो उड्ने गर्दछ। यसले सडक किनारका पसलहरूमा राखिएका खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरूमा असर पुर्‍याइरहेको व्यापारीहरूले बताएका छन्। धुलो र खराब बाटोका कारण ग्राहकको आवागमन समेत घटेको उनीहरूको गुनासो छ।

 

यसैगरी, सडकको दुर्गति कारण यहाँका व्यापारी र स्थानीयमा स्वास्थ्य समस्या पनि देखिन थालेको बताइन्छ। दिनभर धुलोमा बस्नुपर्ने बाध्यताका कारण श्वासप्रश्वास तथा छालासम्बन्धी समस्या बढ्न थालेको उनीहरूको भनाइ छ।

 

 

यो सडक भएर जनकपुरको आँखा अस्पताल जाने बिरामीहरू समेत दैनिक आवतजावत गर्ने भएकाले उनीहरूलाई थप कठिनाइ भएको स्थानीयले बताएका छन्। उपचारका लागि अस्पताल जाने बिरामीहरूलाई धुलो र खाल्डाले झनै सास्ती दिने गरेको उनीहरू बताउँछन्।

 

स्थानीय बासिन्दा र व्यापारीहरूले पटक–पटक । सडक निर्माणको माग गरे पनि हालसम्म ठोस पहल नभएको गुनासो गरेका छन्। सडकको अवस्था खराब हुँदा साना सवारी साधन दुर्घटनामा पर्ने घटना पनि बेला–बेला हुने गरेको बताइएको छ।

 

यस विषयमा सम्बन्धित निकायले छिट्टै ध्यान दिनुपर्ने भन्दै स्थानीयले सडक निर्माण कार्य शीघ्र सुरु गर्न माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर